काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
सभामुख देवराज घिमिरेले सोमबार बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको हो ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार माओवादी अध्यक्ष प्रचण्डले समय मागेकाले भोलि बस्ने बैठकमा समय निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस