२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले ४ विधेयकहरूलाई प्रमाणित गरेका छन् । अध्यक्ष दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका विधेयकहरूलाई सोमबार प्रमाणित गरेका हुन् ।

अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरूलाई प्रमाणीकरणका लागि मङ्गलवार राष्ट्रपतिकहाँ पठाइने उनको सचिवालयले जानकारी दिएको छ ।

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्नुपर्दछ ।

विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि कानुन बन्ने कानुनी व्यवस्था छ ।

यी हुन् प्रमाणित गरिएका विधेयकहरू :

१) सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०

२) विद्युतीय व्यापार विधेयक, २०८०

३) विधायनसम्बन्धी विधेयक, २०८०

४) भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट