२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

सरकारप्रति सडकमा असन्तुष्टि बढ्दैछ : मनिष झा

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारप्रति सडकमा असन्तुष्टि बढ्दै गएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ७ महिना पहिले ७ बुँदे सम्झौताको आधारमा ७ दलको गठबन्धन बनेको २३९ दिन हुँदा सडकमा जनताको असन्तुष्टि बढ्दै गएको बताए ।

सांसद झाले भने, ‘सत्ता गठबन्धन बनेको २३९ दिन भयो । सडकमा असन्तुष्टि बढ्दैछ । हामी जनतालाई माया गर्दिनुस् भन्छौ, सरकार रंगशालामा मान्छे कुट्छ, कुलमान लखेट्न खोज्छ, हामी सुशासन खै भन्छौ, प्रहरी कुट्दैछौँ भन्छ ।’

आफूले सहकारी पीडितले न्याय पाउनुपर्छ भन्दै आएको उनले बताए । उनले भने, ‘हामी सहकारी पीडितले न्याय पाउन भन्छौं उहाँहरू रविलाई थुन्यौं त भन्छ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट