२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरको चलखेल छ : अध्यक्ष प्रचण्ड

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरको चलखेल मिसिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिने राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास रहेको उनले बताए ।

संसदमा बोल्दै उनले सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति मोहभंग बढाउँदै लगेको बताए ।

उनले आठ महिनाअघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष नभएको र माइतीघर मण्डला पनि लगभग खाली हुँदै गएको बताए ।

उनले जनताको बलिदानबाट प्राप्त उपलब्धलाई उल्ट्याउन कोसिस भइराखेको बताउँदै सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको बताए ।

उनले भने, ‘हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरूद्ध र अर्कातिर प्रतिगामी चलखेलकाविरूद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सिर्जना भयो ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट