२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

‘प्रमुख प्रतिपक्ष दलका नेताले सदनमा बोल्दा प्रधानमन्त्रीको अनुपस्थिति घमण्ड हो कि, संस्कारहीनता हो कि, कुण्ठा ?’

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सदनमा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली लगातार अनुपस्थित बनेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दलका नेताले सदनमा बोल्दा प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति घमण्ड हो कि ? भन्दै प्रश्न गरे ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई संसदमा उपस्थित हुन नदिइएकोमा पनि उनले आक्रोश व्यक्त गरे ।

संसद प्रचण्डले भने, ‘प्रमुख प्रतिपक्ष दलका नेताले सदनमा बोल्दा प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति घमण्ड हो कि, संस्कारहीनता हो कि कुण्ठा ? त्यसको जवाफ आफैं खोज्नुहोला ।’

अघिल्लोपटक प्रचण्डले सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए ।

प्रचण्डले अर्को प्रतिपक्षी दलको नेता रबिलाई निलम्बन गरिएको भन्दै हिरासतमा नरहेको नेतालाई सदनमा आउन दिने प्रचलन पहिले स्थापित गरिसकेको बताए । उनले संसदमा रबिलाई प्रवेश दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट