२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मोबाइलमा थ्रिजी सेवा बन्द गर्दै एनसेल, फाइभजीमा जाने तयारी

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले यो वर्षभित्र मोबाइलको थ्रिजी सेवा बन्द गर्ने भएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जाब्बोर कायुमोभले सन् २०२५ भित्रै कम्पनीले थ्रिजी सेवा बन्द गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् । उनले भिओएलटीई प्रविधि नचल्ने फोनको आयातमा कडाई गर्न सरकारको ध्यानकर्षण गराएका छन् ।

नेपालको टेलिकम व्यापार ‘सब्स्क्रिप्सन मोडल’मा जानुपर्नेमा जोड दिँदै सिइओ कायुमोभले भने ‘यो मोडललाई कार्यान्वयनमा लैजान अब ढिलाइ गर्नु हुँदैन ।’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार राजधानीमा आयोजना गरेको ‘रिभाइटलाइजिङ द टेलिकम इन्डष्ट्रिज’ विषयक कार्यक्रममा बोल्दै सिइओ कायुमोभले नेपालको दूरसञ्चार क्षेत्र ठूलो संकटको नजिक आइपुगेको भन्दै सबै सचेत हुन अपिल गरेका छन ।

जिएमएसको सूचीमा दुई वर्षअघि १ सय १७ स्थानमा रहेको नेपाल अहिले १ सय १९ औं श्रेणीमा झरेकोमा चिन्ता व्यक्त गर्दै सहज वातावरण नहुँदा यस क्षेत्रमा विदेशी लगानी आकर्षित हुन नसकेको उनको भनाई थियो ।

नेपालको दूरसञ्चार क्षेत्रको व्यापार निरन्तर ओरालो लाग्दै गएकाले यसबाट सरकारलाई जाने करको दर पनि निरन्तर घटिरहेकोले यस्तो अवस्थामा सबै गम्भिर हुनुपर्ने उनले बताए ।

कायुमोभले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको भूमिका सेवा प्रदायकहरुलाई सहजीकरणमा बढी केन्द्रित हुनुपर्नेमा राजस्व संकलनमा बढी ध्यान दिएकोमा चिन्ता व्यक्त गरेका छन् । फोरजी विस्तारमा अपरेटरहरुले ठूलो लगानी गरिसकेको अवस्थामा फाभइजीका लागि राज्यले स्पेक्ट्रमको बोलकबोल अघि बढाए सहभागी हुन तयार रहे पनि उपयुक्त स्पेक्ट्रमको सुनिश्चितता हुनुपर्ने उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट