बुधबार, भाद्र १८ २०८२

बुधबार, भाद्र १८ २०८२

फोनपेको यूपीआई भुक्तानीमा एक वर्ष : ६७ हजार बढी व्यापारीलाई डिजिटल भुक्तानीमा जोड्न सफल

फोनपेको यूपीआई भुक्तानीमा एक वर्ष : ६७ हजार बढी व्यापारीलाई डिजिटल भुक्तानीमा जोड्न सफल

काठमाडौं । मुलुकको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले सीमापार यूपीआई क्यूआर कोड आधारित पर्सन टु मर्चेन्ट कारोबारको एक वर्ष पूरा गरेको छ। फोनपेले भारतको नेसनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया अन्तर्राष्ट्रिय शाखा इन्टरनेसनल पेमेन्ट्स लिमिटेडसँग सहकार्य गरी मार्च २०२४ मा सीमापार यूपीआई भुक्तानी स्वीकार गर्ने सेवा सुरु गरेको थियो।

फेब्रुअरी २०२४ मा यूपीआई एकीकरण गरेपछि फोनपेले नेपालका ६७ हजारभन्दा बढी व्यापारीहरुलाई डिजिटल भुक्तानी गर्न सक्षम बनाएको छ। त्यस्तै, भारतीय पर्यटकहरुको संख्या १ लाख २७ हजार भन्दा बढी पुगेको छ, जसले आफ्नो मोबाइलमार्फत सहज, छरितो र सुरक्षित कारोबार गर्न सफल भएका छन्।

एक वर्षभित्र फोनपेले १ अर्ब ६० करोड रुपैयाँ भन्दा बढीको यूपीआई कारोबार गरेको छ जसले खुद्रा, होटल सेवा, स्वास्थ्य सेवा र पर्यटन क्षेत्रमा डिजिटल भुक्तानीको तीव्र वृद्धि भएको देखाउँछ ।

पछिल्लो वर्षमा ५.६ लाख भन्दा बढी कारोबारहरु दर्ता भएका छन् । जसले भारतीय पर्यटकहरुले नगदरहित भुक्तानीलाई खुला रूपमा अपनाएको देखिन्छ। ४८ हजार भन्दा बढी पुनः ग्राहकहरु प्रत्येकले सामान्य तीन पटक कारोबार गरेका छन् । जसले सीमापार डिजिटल भुक्तानीमा विश्वास र सहजता झन् वृद्धि भएको छ। साथै, ४२ प्रतिशत कारोबारहरु १ हजारदेखि ५ हजारको दायरामा परेका छन् । जसमा मुख्य रूपमा खाना, किनमेल र यात्रा खर्च समेटिएको छ। नगदरहित भुक्तानीको सरलताले भारतीय पर्यटकहरुको यात्रा अनुभव सहज बनाएको छ, जसले नेपाललाई अझ आकर्षक गन्तव्य बनाएको छ।

नेपालका व्यवसायीहरूले पनि सीमापार भुक्तानीको सफलतामा महत्वपूर्ण भूमिका खेलेका छन्। तीर्थयात्रा स्थलहरूदेखि ट्रेकिङ एडभेन्चर र खुद्रा बजारसम्म, व्यापारीहरूले यूपीआई भुक्तानीलाई स्वीकार गर्दै आफ्नो ग्राहक दायरा विस्तार गरेका छन् । जसले नेपालको अर्थतन्त्रलाई सहयोग पुर्याएको छ। खुद्रा पसलहरु रेस्टुरेन्ट र क्याफेहरु र होटल तथा रिसोर्टहरु प्रमुख खर्चका क्षेत्र रहेका छन्।

प्रमुख यूपीआई कारोबार केन्द्रहरुमा पशुपतिनाथ मन्दिर, ठमेल, पोखरा (लेकसाइड) , जोमसोम मुक्तिनाथ, र सीमाक्षेत्र सहरका आँखाका अस्पतालहरू रहेका छन्। क्षेत्रीय रूपमा बागमती प्रदेश जसमा काठमाडौं उपत्यका पनि पर्छ । यसले ४४ प्रतिशत कुल कारोबारको नेतृत्व गरेको छ । जसले नेपालका प्रमुख पर्यटक गन्तव्यहरूमा नगदरहित भुक्तानीको उच्च वृद्धि देखाउँछ।

यूपीआई भुक्तानी स्वीकृति केवल शहरी क्षेत्रमा सीमित छैन । यो डोल्पा, अछाम, र बाजुरा जस्ता दुर्गम स्थानहरूमा पनि विस्तार भएको छ। डिजिटल भुक्तानी प्रविधिले नेपालका टाढाका समुदायहरूलाई पनि वित्तीय रूपमा जोड्न सफल भएको छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवश कुमारले भने, “नेपालमा फोनपे नेटवर्कमार्फत यूपीआई भुक्तानीको सफलताले देशको तीव्र डिजिटल रूपान्तरणलाई प्रतिबिम्बित गर्छ। नेपाली व्यापारी र भारतीय पर्यटकले स्क्यान टू पेको सहज अनुभवलाई अत्यधिक प्रशंसा गरेका छन्, जसले नगदको झन्झटबिना नै यात्रालाई अझ सरल बनाएको छ। यो केवल सुरुवात मात्र हो—हामी नेपालभर यूपीआई स्वीकृति विस्तार गर्ने र नेपाली ग्राहकहरूलाई भारतमा फोनपे सक्षम एपमार्फत सहज भुक्तानी गर्ने वातावरण तयार गर्ने लक्ष्य राखेका छौँ, जसले सीमापार डिजिटल वृद्धिलाई नयाँ उचाइमा पुर्याउनेछ।”

डिजिटल नवीनतालाई अंगाल्दै फोनपे सीमापार भुक्तानी समाधानहरू विस्तार गर्न, सुरक्षा उपायहरू सुदृढ गर्न र नेपालको अर्थतन्त्र तथा पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ। यूपीआईको सफल एकीकरणसँगै फोनपे नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ अग्रसर गराउने नेतृत्वमा उभिन सफल भएको कम्पनीको दाबी छ।

फोनपे नेपालमा सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्था हो । नेपाल राष्ट्र बैंकद्वारा नियन्त्रित र लाइसेन्स प्राप्त कम्पनी हो। एफवान सफ्ट समूहको एक सहायक कम्पनी, फोनपे  ISO 27001:2013  प्रमाणित कम्पनी हो।

फोनपेले बैंक र वालेट ग्राहकहरु तथा व्यवसायहरुको लागि छिटो, सुरक्षित र विश्वासिलो डिजिटल नगदविहीन भुक्तानी सेवाहरू प्रदान गर्दै नगदविहीन अर्थतन्त्रतर्फको यात्रामा सक्रिय योगदान पुर्याइरहेको छ। कम्पनीले मोबाइल भुक्तानी नेटवर्कमा प्रविधिको प्रयोग गरेर नवप्रवर्तन ल्याउन, अपरेसनहरूको कार्यक्षमता बढाउन र भुक्तानी प्रणालीहरूको पहुँच विस्तार गर्न लक्ष्य राखेको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend