
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा ‘एससीटी स्मार्ट वेनस्डे’ अफर सुरु गरेको छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एसटीसी र यूपीआइ कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत र अधिकतम १०० रुपैयाँ हुने गरीे छुट प्राप्त गर्ने छन् ।
यसको लागी भुक्तानी गर्न एसटीसी र यूपीआइ कार्ड प्रयोग गरी पिओएस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर ६ महिना सम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
एससीटीले हाल २१ वटा बैंक तथा वितिय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एसटीसी र यूपीआइ कार्ड जारी गर्दै आइरहेको छ ।
यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगद रहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
एसटीसी र यूपीआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एसटीसी र यूपीआइ कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend