
काठमाडौँ । नेपाली कांग्रेस सांसद डा. सुनिल शर्माले स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका छन् ।
डा. शर्माले स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् ।
सांसद शर्माले ‘सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधी उपचार कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी प्रस्ताव’ शीर्षकको सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराए ।
नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि एक व्यापक स्वास्थ्य बीमा योजना प्रारम्भ गर्न यो प्रस्ताव दर्ता गरिएको उनले बताए ।
त्यस्तै, राष्ट्रिय स्वास्थ्य बीमा योजना स्थापना गर्नुपर्ने, कम आन्दानी भएका परिवार र असुरक्षित समूहका लागि स्वास्थ्य बीमा प्रिमियममा सहुलित प्रदान गर्नुपर्ने, निजी स्वास्थ्य सेवा प्रदायकहरूसँग साझेदारी गर्नुपर्ने, स्वास्थ्य बीमा सेवा प्रदायकको निगरानी र अडिट गरी पारदर्शी र जवाफदेही बनाउनुपर्ने, स्वास्थ्य बीमारबारे जनचेतना अभियान चलाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend