शनिबार, चैत्र ९ २०८१

शनिबार, चैत्र ९ २०८१

पैदलयात्रीबाट उठाइएको १ सय रुपैयाँले उनीहरुलाई नै लाभ मिलेको छ : चन्द्रागिरि हिल्स

पैदलयात्रीबाट उठाइएको १ सय रुपैयाँले उनीहरुलाई नै लाभ मिलेको छ : चन्द्रागिरि हिल्स

काठमाडौं । चन्द्रागिरि हिल्सले चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन गर्न वैकल्पिक मार्ग हुँदै आउने पर्यटक तथा दर्शनार्थीहरुसँग रकम लिइएको सम्बन्धमा प्राप्त प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

त्यस्तै, कम्पनीले पैदलयात्रीबाट प्रतिव्यक्ति उठाइएको १ सय रुपैयाँले पैदलयात्रीलाई नै लाभ मिलेको बताएको छ ।

कम्पनीले चन्द्रागिरीमा केबलकार बन्नुअघि नै चन्द्रागिरी नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाका स्थानीयबाहेकलाई यो शुल्क उठाउने प्रबन्ध गरिएको समेत जनाएको छ ।

कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीय बासिन्दा बाहेकका अन्य स्थानबाट वैकल्पिक मार्ग प्रयोग गरी आउने पर्यटक तथा दर्शनार्थीहरुबाट १ सय रुपैयाँसेवा शुल्क लिई सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको थियो, सोको जानकारी चेकपोस्टस्थित सूचना बोर्डमा समेत स्पष्ट बुझिने गरी उल्लेख गरिएको छ ।’

उक्त व्यवस्थाबाट वैकल्पिक मार्ग हुँदै चन्द्रागिरी पुग्ने पर्यटक तथा दर्शनार्थीहरुलाई थप सहयोग एवं सुविधा उपलब्ध हुन पुगेको कम्पनीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

हिल्सले चन्द्रागिरीसँग जोडिएका स्थानीय सरकार र अन्य निकायसँगको छलफल तथा समन्वय एवं लिखित र मौखिक निर्णयका आधारमा सो क्षेत्र वरिपरीको फोहोर मैला व्यवस्थापन तथा सरसफाई, शौचालयको व्यवस्थापन, निःशुल्क पिउने पानीको व्यवस्था, निःशुल्क वाईफाइ, बिजुली बत्ती, पार्किङ सुविधा र दर्शनार्थीहरुको व्यक्तिगत सुरक्षा तथा वनजन्य सुरक्षाका लागि २ जना सुरक्षा गार्ड परिचालन गरी आवश्यक व्यवस्थापन गर्दै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, सुख्खा याममा सम्भावित डढेलोको जोखिम न्यूनीकरण गर्न स्थानीय सामुदायिक वनहरुसँगको समन्वयमा ४ जना वन हेरालु राख्नको निमित्त आर्थिक सहायता समेत प्रदान गर्दै आईरहेको छ ।’

करिब ७० हजार सेयरधनीको स्वामित्व रहेको चन्द्रागिरी हिल्स सार्वजनिक कम्पनीको रूपमा सञ्चालनमा छ ।

विज्ञप्ति :

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend