२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’, भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक

शनिवार , चैत्र ८, २०८१

काठमाडौँ । आफ्ना ग्राहकहरुका आवश्यकताहरू पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले सधैं अन १७९९ रोमिङ प्याक ल्याएको छ ।

यो एक सम्पूर्ण प्याकेज हो, जसले नेपालभर निर्बाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्दछ ।

यो २८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा, र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन्, जसले यात्रुहरूलाई चिन्तामुक्त यात्राको अनुभव लिनका लागि मद्दत गर्दछ ।

यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिना कुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्दछ । भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल, र १० मिनेटको बाह्य कल भारतभित्रै र नेपाल कल गर्न सकिने सेवा प्राप्त गर्दछन् ।

यस बाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा १ लाख रुपैयाँ सम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेट्छ ।

करसहित १७९९ रुपैयाँ शुल्क रहेको यो वान टाइम प्याकले सधैं अनका सेवा, सुविधाहरु, रोमिङ सेवा, र बीमा सुविधा सहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बीमासहितको सुरक्षा प्रदान गर्दछ । ग्राहकहरूले ८१२३८७८६३ डायल गरेर सहजै यो प्याक लिन गर्न सक्छन् ।

“हामी विशेष गरी प्रायः यात्रा गर्ने हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौं । सधैं अन १७९९ रोमिङ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल, र मनोरञ्जनका लागि विकल्पहरू सहित उनीहरूका सम्पूर्ण सञ्चारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

यो सधैं अन रोमिङ सुविधासँगै, एनसेलले भारतमा भ्रमण गरी राख्नुपर्ने ग्राहकहरूका लागि उनीहरुका भ्रमणका बेला कनेक्टिभिटीको अनुभवलाई अझ प्रभावकारी बनाउन उद्धेश्य राखेको छ । देशभित्रै प्रयोग गर्नका लागि उच्च परिमाणका सेवा, सुविधाहरुका साथै थप रोमिङ सुविधासँग समायोजन गरी, एनसेलले विदेश यात्रामा पनि सधैं अन रहन र सम्पर्कमा रही रहन सहजता प्रदान गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट