
काठमाडौं । महिलाहरूको स्वास्थ्य एवं फिटनेसका लागी काठमाडौं पिंक केयराथन गरिएको छ ।
महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले ‘काठमाडौं पिंक केयराथन’ भएको हो । लेजर पोर्ट नेपालले यो कार्यक्रम गरेको हो ।
काठमाडौं पिंक केयराथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको छ । लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म ३ वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो ।
त्यसपछि कोभिड महामारी र अन्य सामाजिक तथा आर्थिक कारणले रोकिएको इभेन्ट २०२४ मा आयोजना भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend