
गण्डकी प्रदेश । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले एचआईभी संक्रमित व्यक्तिहरूको मानव अधिकारको पुर्ण संरक्षण गर्नुको साथै उनीहरूको जीवनस्तरलाई सहज र सरल बनाउन राज्य संवेदनशील बन्नुपर्ने बताएका छन् ।
शनिबार राष्ट्रीय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको एचआईभी संक्रमित नागरिकहरुको मानव अधिकार सम्बन्धि निति संवाद कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पाठकले एचआईभी संक्रमित व्यक्तिहरूलाई अन्य नागरिकहरु सरह समान हक, अधिकार र अवसरहरू प्रदान गर्नुको साथै भेदभावविरुद्ध कडा कानूनी र सामाजिक कदमहरू चाल्नु पर्ने बताए ।
उनले उनीहरुको स्वास्थ्यमा समान पहुँच उपलब्ध गराउनु पर्ने, एचआईभी संक्रमणको बारेमा साँचो जानकारी र नागरिक चेतना फैलाउनुपर्ने बताए ।
साथै, यस सम्बन्धमा गैरसरकारी संघ संस्थाहरू र सरकार मिलेर अभियान थाल्नुपर्ने उनले बताए । उनीहरूको गोपनीयता, रोजगारीको अधिकार र शारीरिक तथा मानसिक हिंसा बिरुद्धका अधिकारहरूलाई सुनिश्चित गर्नेकुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
मन्त्री पाठकले गण्डकी प्रदेशमा रहेका एचआईभी संक्रमित व्यक्तिहरूको खोजि गरी उनीहरुको मानसिक र शारीरिक स्वास्थ्य, लगायतमा ख्याल गर्दै आगामि निति तथा कार्यक्रम निर्माण गर्नुपर्ने पनि बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend