
काठमाडौं । राष्ट्रिय हेल्थ अवार्ड – २०८१ बाट २४ व्यक्तित्व तथा संस्थालाई सम्मानित गरिएको छ ।
स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रालि.को आज नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नवौं बार्षिकोत्सवको अवसरमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले कदर पत्रसहित सम्मान गर्नु भएको हो ।
बार्षिकोत्सवको अवसरमा स्वास्थ्य क्षेत्रका स्वदेश तथा विदेशमा रहनु हुुने विभिन्न व्यत्तित्व एवं सचारकर्मी गरी २४ जना व्यत्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा कोशी प्रदेशबाट वरिष्ठ फिजिसियन डा. पिताम्बर ठाकुर , मधेश प्रदेशबाट वरिष्ठ मृगौला विशेषज्ञ डा. चितरञ्जन शाह र वरिष्ठ मुटुरोग विशेषज्ञ, डा.राजेश कुमार शाह, वागमती प्रदेशबाट वरिष्ठ मुटुरोग विशेषज्ञ अवनिभुषण उपाध्याय , वरिष्ठ प्लाष्टिक सर्जन प्राडा शंकरमान राई, वरिष्ठ प्याथोलोजिष्ट प्राडा विदुर प्रसाद वस्ती र वागमती प्रदेशका स्वास्थ्य सचिव डा.सुमित्रा गौतम, वरिष्ठ मृगौला रोग विशेषज्ञ डां. सुदीपराज केसी र वरिष्ठ फिजिसियन डा.गोविन्द कंडेल, रहनु भएको स्वास्थ्य मीडिया दर्पणका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
यस्तै गण्डकी प्रदेशबाट वरिष्ठ सर्जन प्राडा नरेन्द्र विक्रम गुरुङ्ग,लुम्बिनी प्रदेशबाट वरिष्ठ चिकित्सक लेखराज सुबेदी र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवे, कर्णाली प्रदेशबाट वरिष्ठ बालरोग विशेषज्ञ डा.नवराज केसी सम्मानित हुनु भएको थियो ।
यस्तै अमेरिका रहेर मेडिकल चिकित्सक तथा सामाजिक अभियान्ता डा. केशव पौडेल, स्वास्थ्यकर्मी विधाबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख नारायण बहादुर कार्की, रोल्पाबाट तुलसा राना , मनाङ्गबाट विष्णु प्रसाद यादव,चितवनबाट छायांँ श्रेष्ठ ,दार्चुलाबाट दानसिंह, भण्डारी र सञ्चार क्षेत्रबाट नेपाल टेलिभिजन वरिष्ठ पत्रकार शालिक सुवेदीलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
स्वास्थ्य संस्था तर्फ सम्मानित हुनेमा धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, कास्की, नेपाल मधुमेही समाज काठमाडौं, भुम्लु गाउंँपालिका काभ्रेपलाञ्चोक रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. यादव सहित विशिष्ट अतिथिमा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपाल , नेपाल सरकारका स्वास्थ्य सचिव डा. विकास देवकोटा , चिकित्सक लगायतको सहभागिता रहेको थियो ।
स्वास्थ्य दर्पणले हरेक बर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनु हुने, चिकित्सक, प्राध्यापक, स्वास्थ्यकर्मी, विभिन्न संस्था तथा पत्रकारलाई सम्मानित गर्दै आएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend