२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व संकलन, कुन महिनामा कति ?

आइतवार , चैत्र ९, २०८१

पर्सा । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व संकलन भएको छ ।

कार्यालयले गत साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड राजस्व संकलन गरेको थियो । असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो ।

यसैगरी, गत मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड र फागुनमा चार अर्ब ६८ करोड राजस्व संकलन गरेको हो । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट