बुधबार, चैत्र १३ २०८१

बुधबार, चैत्र १३ २०८१

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम

पर्सा । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन् ।

संघको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजीप्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुंगटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सहकोषाध्यक्षमा निरज अग्रवाल र सहसचिवमा नरेश टिवडेवाल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सहसचिवमा अनुप अग्रवाल निर्वाचनबाट निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।

पदाधिकारीमध्ये सहसचिव पदका लागि मात्र मतदान भएको थियो । संघको विधानअनुसार १२ जना पदाधिकारी रहने व्यवस्था छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend