२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम

सोमवार , चैत्र १०, २०८१

पर्सा । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन् ।

संघको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजीप्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुंगटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सहकोषाध्यक्षमा निरज अग्रवाल र सहसचिवमा नरेश टिवडेवाल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सहसचिवमा अनुप अग्रवाल निर्वाचनबाट निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।

पदाधिकारीमध्ये सहसचिव पदका लागि मात्र मतदान भएको थियो । संघको विधानअनुसार १२ जना पदाधिकारी रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार