२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुनको मूल्य तोलामा ६ सय घट्यो, चाँदी स्थिर

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ । चाँदी स्थिर रहेको छ।

सुन आज तोलामा छ सय रूपैयाँ घटेको हो। आइतबार प्रतितोला ९ सय रूपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार