
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ । चाँदी स्थिर रहेको छ।
सुन आज तोलामा छ सय रूपैयाँ घटेको हो। आइतबार प्रतितोला ९ सय रूपैयाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend