२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सवा अर्बमा उपायले साँगामा वेयरहाउस बनाउँदै, सिटिजन्स र माछापुच्छ्रे बैंकले ९५ करोड लगानी गर्ने

सोमवार , चैत्र १०, २०८१

काठमाडौं। कार्गो कम्पनी उपाय वेयर हाउजिङले १ अर्ब २० करोड रुपैयाँ लगानीमा काभ्रेको वेयरहाउस निर्माण गर्ने भएको छ। कम्पनीले आफ्नै १८ रोपनी जग्गामा वेयरहाउस निर्माण गर्न लागेको हो। आगामी महिनाबाट निर्माण सुरु गरेर सन् २०२६ को अन्त्यसम्ममा काम सक्ने लक्ष्य रहेको छ। कम्पनीले वेयरहाउस निर्माणका लागि लगानी जुटाएको छ । सिटिजन्स बैंकको नेतृत्वमा माछापुच्छ्रे बैंकको सहभागितासहित ९५ करोड रुपैयाँ सहवित्तीयकरण ऋण सम्झौता गरेको छ।

वेयरहाउस परियोजनामा डोल्मा इम्प्याक्ट फण्ड तथा अन्य लगानीकर्ताले पनि पुँजी लगानी गर्दैछन्। कम्पनीले निर्माण गर्न लागेको वेयरहाउसले विभिन्न प्रकारका फास्ट मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी), फास्ट मुभिङ कन्ज्युमर ड्युरेबल्स (एफएमसीडी), ई–कमर्स, क्विक कमर्स, खुद्रा चेन स्टोर, लुगाफाटा, जुत्ता, सौन्दर्य सामग्री, इलेक्ट्रोनिक्स तथा अटो पार्ट्सको इन्भेन्टरी व्यवस्थापन गर्ने भएको छ।

कुल भण्डारण क्षमता १ लाख वर्गफिटभन्दा बढी रहने कम्पनीले जनाएको छ।

उपायका सह संस्थापक तथा निर्देशक रन्जिव श्रेष्ठले आवश्यक पूर्वाधारको अपर्याप्तता तथा उचित व्यवस्थापनको कमीले नेपालमा लजिस्टिकको लागत अर्थतन्त्रको करिब २० प्रतिशत रहेको जानकारी दिए।

उपायका सह(संस्थापक तथा प्रबन्ध निर्देशक सुमन रायमाझीले वेयरहाउसले ग्राहकलाई भण्डारण तथा इन्भेन्टरी व्यवस्थापनको जिम्मेवारी पूर्णरूपमा उपायलाई हस्तान्तरण गरी आफ्नै मुख्य व्यवसायमा ध्यान केन्द्रित गर्दै व्यवसाय विस्तारलाई सहज बनाउने बताए।

अहिले पूर्वाधार निर्माण प्रारम्भीक चरणमा रहेको छ । २३ प्रतिशत वित्तीय प्रगति भएको उपाय वेयर हाउजिङले जनाएको छ । संस्थापकहरुले अहिलेसम्म कूल स्वपुँजीको ३७ प्रतिशत लगानी गरिसकेका छन् । पहिलो फेजको काम आगामी सन् २०२७ को जनवरीमा सक्ने लक्ष्य रहेको छ ।

पहिलो चरणमा वनेपाको साँगामा सम्पन्न भएपछि दोस्रो चरण नेपाल–भारत सीमा नजिक रहेको विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जमा वेयरहाउजिङ पूर्वाधार बनाउने तयारी भएको उपायले जनाएको छ ।

उपाय वेयरहाउजिङ गत वर्ष सेप्टेम्बरमा स्थापना भएको हो । कम्पनीको विकास, स्वामित्व र सञ्चालन गर्न स्थापना गरिएको हो । भण्डारण क्षेत्रको साथ तेस्रो पक्ष भण्डारण सेवा प्रदान गर्न दुई चरणहरूमा गोदामहरू निर्माण हुने भएको छ । उपाय कार्गो सिटी प्राइभेट लिमिटेड र नेतृत्वद्वारा प्रवद्र्धन गरिएको छ ।

कम्पनीको नेतृत्व सुमन रायमाझीले गरेका छन् । उनीसँग दुई दशक भन्दा बढी अनुभव छ । रायमाझीको अध्यक्षतामा सदस्य सञ्चालक समिति छ । लजेस्टिक, प्राविधिक, कर्पोरेट, टेलिकम, स्टार्टअप, इक्विटी र वित्त क्षेत्रमा उनको लगानी रहेको छ । यस्तै कम्पनीको सञ्चालकहरु रञ्जिव श्रेष्ठ र शब्द ज्ञवालीसँग पनि विभिन्न क्षेत्रमा अनुभव छ ।

सम्बन्धित समाचार

सवा अर्ब लगानीमा साँगामा गोदाम बनाउँदै उपाय वेयरहाउजिङ, दुई वर्षमा सक्ने लक्ष्य

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार