
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णयप्रति रास्वापाका सभापति रवि लामिछानेले फेसबुकमा बिजुली बत्ती निभाएर मैन सल्काउँदै मौन भसिरहेको भिडिओ फेसबुकमा पोस्ट गर्दै विरोध जनाएका छन् ।
भिडियो राख्दै रविले फेसबुकमा ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्’ भनेर लेखेका छन्।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend