२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

राजस्व संकलन २७ प्रतिशतले वृद्धि, १४ अर्ब ४६ करोड बढी संकलन

मंगलवार , चैत्र ११, २०८१

चितवन । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व संकलन गरेको छ । गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यो २७ प्रतिशतले बढी हो ।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस वर्ष फागुन मसान्तसम्ममा १४ अर्ब ४६ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष यसै अवधिमा ११ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

विभागले यस वर्ष १५ अर्ब ७० करोड १० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा ९२ दशमलव १४ प्रतिशत राजस्व संकलन भएको हो । विभागले गत वर्ष २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार रुपैयाँ राजस्व संकलनका लागि लक्ष्य तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट