काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा २ सय रुपैयाँ घटेको हो ।
मंगलबार सुन तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सोमबार सुन एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ । एक हजार ९८० रुपैयाँमा कारोबार कारोबार भैरहेको हो । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस