
काठमाडौं । सुनौलो नेपालका संवाददाता सुन्दर धामीलाई पितृ शोक परेको छ । धामीका बुवा धुना बहादुर धामीको धनगढी सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका –७ निवासी ५० वर्षीय धुना बहादुर धामी घाँस काट्ने क्रममा खर्सुको रुखबाट लडेर घाइते भएका थिए । त्यसपछि उनलाई उपचारार्थ धनगढी ल्याइएको थियो ।
मंगलबार अस्पतालमा नै निधन भएको धामीको आजै दाहासंस्कार गरिने उनका आफन्तले जनाएका छन् । उनका तीन भाइ छोरा र एक छोरी छिन् ।
सुनौलो नेपाल परिवार शोकाकुल परिवार प्रति गहिरो समवेदना र मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend