शनिबार, चैत्र १६ २०८१

शनिबार, चैत्र १६ २०८१

इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार, आगो निभाउने प्रयास जारी

इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार, आगो निभाउने प्रयास जारी

इटहरी: व्यावसायिक भवनमा आगलागी हुँदा फसेकाहरुको उद्दार जारी इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवन सेन्टर प्लाजामा आज बिहान आगलागी हुँदा भवनभित्र रहेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार जारी । सेन्टर प्लाजा नामले परिचित भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको छ । तस्बिरः ध्रुव ढकाल/रासस

इटहरी । इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिए । आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

यसैगरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ । दशतले भवनको मध्य भागमा आज बिहान आगो लागेको हो । भवनको विभन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।

हेलिकोप्टरद्वारा भवनमा फसेकाहरुको उद्धार गरेको छ । आगो निभाउने प्रयास जारी रहेको प्रहरी नायव महानिरीक्षक अधिकारीले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend