२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

कुलमान बर्खास्तको विरोधमा प्रतिपक्षीद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै प्रतिपक्षी दलले राष्ट्रियसभाको बैठकमा पनि अवरुद्ध गरेका छन् । बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन्।

माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको बताए । यसबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने उनको अडान छ। विपक्षी दलहरूको अवरोधले निरन्तरता पाएपछि अध्यक्ष दाहालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

यता विपक्षी दलको अवरोधले ३० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट