
काठमाडौं । विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै प्रतिपक्षी दलले राष्ट्रियसभाको बैठकमा पनि अवरुद्ध गरेका छन् । बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन्।
माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको बताए । यसबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने उनको अडान छ। विपक्षी दलहरूको अवरोधले निरन्तरता पाएपछि अध्यक्ष दाहालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
यता विपक्षी दलको अवरोधले ३० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend