सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

अवरुद्ध संसद् बैठक सञ्चालन गर्न सभामुखले गरे छलफल

अवरुद्ध संसद् बैठक सञ्चालन गर्न सभामुखले गरे छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न राजनीतिक दलका सचेतकहरुसँग छलफल गरेका छन् ।

नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न पाँच दलका नेताहरुसँग छलफल गरेको सभामुखको निजी सचिवालयले जनाएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो ।

बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकराण्का कार्यकारी निर्देशक पदबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए । विपक्षी दलको अवरोधपछि सभामुखले बैठक केही समयका लागि स्थगन गरेर संवाद सुरु गरेका हुन् ।

छलफलमा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का नेताहरु सहभागी छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend