सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सूचना टाँसेर तीन बजेका लागि सारियो प्रतिनिधिसभा बैठक 

सूचना टाँसेर तीन बजेका लागि सारियो प्रतिनिधिसभा बैठक 

काठमाडौं । विपक्षी दलको अवरोधपछि आधा घण्टा स्थगित गरिएको प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेसम्मको लागि पुन: स्थगित गरिएको छ ।

उक्त समयमा पनि बैठक सुरु हुन नसकेपछि संघीय संसद्‍का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गरी ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

सूचनामा भनिएको छ, ‘प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९२० को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

बुधबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षी दलको अवरोधका कारण चल्न सकेको थिएन ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा विरोध जनाएका हुन्।

सोही विषयमा विरोध जनाउँदै विपक्षी दलले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend