बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकमा समेत विपक्षी दलले विरोध जनाएपछि भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित गरिएको छ ।

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलका सांसदहरुले विरोध जनाएपछि सभामुख घिमिरेले भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।

आज बिहान ११ बजे बोलाइएको बैठकमा पनि विपक्षी दलले विरोध जनाएपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो । उक्त समयमा पनि बैठक सुरु हुन नसकेपछि संघीय संसद्‍का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गरी ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका थिए ।

पुनः बसेको बैठक पनि विपक्षीहरुले चल्न नदिएपछि बिहीबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा विरोध जनाएका हुन्। प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म संसद् अवरुद्ध गर्ने विपक्षी दलले जनाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend