२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

सेन्टर प्लाजाको आगलागी नियन्त्रणमा, उद्धार गरिएका सबैको स्वास्थ्य सामान्य

बुधवार , चैत्र १२, २०८१

इटहरी । इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ९ः३० बजे सुरु भएको आगो साढे छ घण्टापछि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा झण्डै तीन सयको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उनले बताए ।

के कारणले आगो लागेको भन्नेबाचरे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । आगलागी भएको भवनबाट ११ जनाको सकुशल उद्धार गरिएको थियो ।

प्रहरी नायव उपरीक्षक खतिवडाका अनुसार उद्धार गरिएकामा बङ्गलादेशका एमडी जय, अमेरिका राई, लक्ष्मी श्रेष्ठ, विजय धामी, विष्णु तामाङ, सञ्जय जैसवाल, दिया राय, विशाल सिंह, आशिष चौधरी र अन्य दुई जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट