२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

बदनियतका साथ पदमुक्त गरेको भन्दै कुलमान गए सर्वोच्च

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् ।

उनले सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग राखेका छन् । बुधबार अपराह्न घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च पुगेका हुन्।

सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् ।

उनको बर्खास्तीलाई लिएर अहिले सडक र सदन तातेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट