२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

प्रेस चौतारीको नयाँ नेतृत्वले भेटे प्रधानमन्त्री

बिहिवार , चैत्र १३, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मत चयन हुनुुले सकारात्मक सन्देश प्रवाह भएको बताउँदै अब व्यावसायिक, वैचारिक र सांगठनिक काममा सक्रिय हुन नयाँ कमिटीलाई आग्रह गरे ।

अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकांक्षीहरुले आफूसँग भेट गरे पनि आफूले कसैलाई कुनै पदमा राख्नु भनेर नतोकेको स्पष्ट गर्दै महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले झुठबाहेक केही नबोल्ने र अरुलाई आरोप लगाउनेहरुबाट बचेर देशको समृद्धि र सामाजिक सद्भाव एवं एकताका लागि सञ्चार क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै साम्प्रदायिक, जातीय, भाषिक, क्षेत्रीय र लैंगिकताका नाममा संगठनभित्र कुनै पनि प्रकारको ‘भाइरस’ छिर्न नदिनेतर्फ सचेत गराए ।

यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दशौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको हो ।

त्यसअवसरमा चौतारीका अध्यक्ष पाण्डे, पूर्वअध्यक्षहरु गणेश बस्नेत र राजेन्द्र अर्याल तथा वरिष्ठ नेता विश्वमणि सुवेदीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट