२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

कुलमानको रिट सर्वोच्चमा दर्ता, शुक्रबारका लागि तोकियो पेसी

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै उनले बुधबार पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।

बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएर निवेदन दिएका हुन् ।

यसको पेसी शुक्रबारका लागि तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट