
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै उनले बुधबार पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।
बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएर निवेदन दिएका हुन् ।
यसको पेसी शुक्रबारका लागि तोकिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend