
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद पराजित भएको छ ।
सुरुमा ब्याटिङ गरेको हैदरावादलाई लखनउ सुपर जायन्ट्सले पाँच विकेटले हराएको हो ।
टस जितेर लखनउले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको हैदरावादले ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो ।
१९१ रनको लक्ष्य पछ्याएको लखनउले आक्रामक ब्याटिङ गर्दै १६.१ बलमा पाँच विकेटको क्षतिमा १९३ रन बनायो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend