२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा

शनिवार , चैत्र १५, २०८१

दाङ । दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

पछिल्ला वर्षमा दाङका विभिन्न ठाउँमा डढेलो लाग्दा वन क्षेत्रमा ठूलो क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँका वनमा आगो लाग्न सुरु भएको छ । लामो खडेरीले पातपतिङ्गर सुक्दा तथा हावाहुरीका कारण वन क्षेत्रमा अहिले आगलागीका घटना बढ्न थालेका छन् । कार्यालयका अनुसार गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । घोराही उपमहानगरपालिकाको वडा नं ३ र ५ का वन क्षेत्र तथा लमही नगरपालिकाको वडा नम्बर ६ को वन क्षेत्रमा डढेलो लागेको छ ।

जिल्लामा शून्य वन डढेलो अभियान चलाएर सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाइए पनि विगत वर्ष जस्तै यस वर्ष पनि राष्ट्रिय तथा सामुदायिक वनमा आगलागीका घटना सुरु भएका छन् । डिभिजन वन कार्यालयका अनुसार यस वर्षको वसन्त ऋतुमा अत्यधिक गर्मी र सुक्खा मौसमका कारण वन डढेलोका घटना तीव्र रूपमा वृद्धि भएका निमित्त डिभिजनल वन अधिकृत मदनप्रसाद ढुङ्गानाले बताए ।

डढेलोको उच्च जोखिम रहेका क्षेत्रमा जिल्लाको बबई, दङ्गीशरण, घोराहीका वडा नं २, ३ र ५, राप्ती नदी आसपासका वन, बङ्गलाचुलीको ८ नम्बर वडा, गढवा गाउँपालिकाको सालको वनमा समेत वन डढेलोको जोखिम रहेको ढुङ्गानाले बताए ।

डढेलो नियन्त्रणका लागि स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा स्वयंसेवक सक्रिय रहे पनि मानवीय लापरबाहीका कारण वनमा आगलागी बढेको उनले बताए। जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, सामुदायिक वन समूह, उपभोक्ता समूह, डढेलो नियन्त्रण दस्तासँग डढेलो रोकथामका लागि समन्वयात्मक योजना पनि बनाउने गरिएक पनि वनमा आगलागी भइहालेमा नियन्त्रणका लागि पर्याप्त सामग्री नहुँदा समस्या हुने गरेको छ ।

डढेलो नियन्त्रणका लागि प्रचारप्रसारका कार्यक्रम, जोखिम क्षेत्रका विद्यालयमा पुगेर स्कूल शिक्षा, अग्निरेखा निर्माण र मर्मतलगायत कार्यक्रम नियमितजसो भइरहे पनि वन डढेलो नियन्त्रणमा सधैँ चुनौती हुने गरेको डिभिजन वन कार्यालयका वन अधिकृत टेकन आचार्यले बताए।

उनले भने, “डढेलोले हुने क्षतिका बारेमा चेतनामूलक कार्यक्रम गर्दै आएका छौँ ।” वनमा च्याउ, जडीबुटी र अन्य पालुवा उमार्नुपर्ने तथा वनमा डढेलो लगाउनेको पहिचान गरी कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । वन क्षेत्रमा आगो लगाउँदा घाँसपातका पालुवा चाँडै पलाउने र वर्षायाममा जङ्गली च्याउ उत्पादनमा वृद्धि हुने गलत सोचाइ राखेर स्थानीयले वनमा डढेलो लगाउने गर्दा यो समस्या धेरैजसो हुने गरेको आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट