२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

२१० जनाको स्तन,पाठेघर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही चैत १२ गतेदेखि वीर अस्पतालमा सुरु गरेको स्तन, पाठेघर र पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षणमा शुक्रबारसम्ममा २१० जनाले परीक्षण गराएका छन् ।

परीक्षण आगामी वैशाख १२ गतेसम्म चल्ने जानकारी दिँदै महानगरले परीक्षणका लागि नागरिकले आफू नजिकको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पहिले सम्पर्क गर्नुपर्ने र सम्पर्कमा तोकिएकै समयमा परीक्षण गराउन पनि आग्रह गरेको छ ।

यही चैत १२ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कामपा उपप्रमुख सुनिता डङ्गोल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भूपेन्द्र बस्नेतले बिरामीलाई परीक्षण कार्ड प्रदान गर्दै परीक्षण शुभारम्भ गरेका थिए । गत वर्ष गरिएको परीक्षणका क्रममा छुटेका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गत वर्ष परीक्षणका क्रममा पोजेटिभ देखिएका महिला प्रारम्भिक उपचारको लक्षित समूहमा रहने कार्यक्रमका स्थानीय स्रोत व्यक्ति चन्दा भट्टले जानकारी दिइन । उनका अनुसार स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट अहिलेसम्म ३०३ जनाले रिफरल स्लिप लिए पनि परीक्षणका लागि नआएको बताइन।

परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ । यो स्लिप लिएर परीक्षणका लागि वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा जानुपर्छ । परीक्षण शनिबारबाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गर्ने गरिएको छ । ३० वर्षदेखि ६० वर्ष समूहका महिलाले हरेक पाँच वर्षमा एकपटक परीक्षण गराउन सुझाव छ ।

धेरै पुरुषसँग यौनसम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौनसम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौनसम्पर्कमा भएका, एचआइभीजस्ता यौनजन्य सङ्क्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस एचपिभी देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलालाई पाठेघरको मुखको क्यान्सर उच्च जोखिम हुन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट