मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई, १० लाख पुरस्कार

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई, १० लाख पुरस्कार

रूपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक नेपाल पुलिस क्लबले जितेको छ ।

शनिबार भैरहवामा भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई छ विकेटले हराउँदै उपाधि जितेको हो । यससँगै पुलिसले नगद १० लाख रुपैयाँसहित आकर्षक ट्रफी हात पारेको छ ।

उपविजेतामा सीमित त्रिभुवन आर्मी क्लबले नगद पाँच लाख रुपैयाँसहित रनरअप ट्रफी पाएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । यसबाहेक अन्य थुप्रैले विभिन्न पुरस्कार जितेका छन् ।

प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेले नगद पाँच हजार रुपैयाँ पाएका थिए भने प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान गण्डकी प्रदेशका अर्जुन कुमाल घोषित भए । उनले नौ खेलमा तीन सय ७४ रन बनाए । सो क्रममा उनले एक शतकसहित ४२ वटा चौका र दुईवटा छक्का प्रहार गरेका थिए । उत्कृष्ट ब्याट्सम्यानका रूपमा उनले बजाजको एनएस–२०० मोडेलको मोटरसाइकल र मेडल प्राप्त गरेका छन् ।

नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले बजाजको दुईवटा एनएस–२०० मोडेलको मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट बलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा घोषित राजवंशीलाई दुईवटा मोटरसाइकल प्रदान गरिएको चन्दले जानकारी दिए । राजवंशीले फाइनलसहित गरी १० खेलमा ४१ विकेट लिएका थिए ।

यस्तै, उदीयमान खेलाडी नेपाल आर्मीका तृतराज दास घोषित भए । उनले ५० हजार रुपैयाँसहित क्रिकेट कीट प्राप्त गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend