
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, संसद तथा पूर्वमन्त्री दीपक बोहराको शव श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित उनको निवासमा राखिएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बोहराको पार्थीव शरीरलाई उनको गृहनगर भैरहवाबाट पुनः काठमाडौं ल्याइएको हो । बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो । उनको शव हेलिकोप्टरबाट भैरहवा लगिएको थियो ।
उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend