
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले लगातार दोस्रो खेलमा जित हात पारेको छ ।
बुधबार राति भएको तेस्र खेलमा गुजरातले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो। बैंगलोरको भने यो तेस्रो खेलमा पहिलो हार हो।
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो।
१ सय ७० रनको लक्ष्य पछ्याएको गुजरातले उक्त लक्ष्य १७.५ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो।
आज प्रतियोगितामा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दै छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend