
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकता नाइट राइडर्सले सन राइसजर्स हैदरावादलाई हराएको छ।
हैदरावादलाई ८० रनले हराएको हो। टस हारेर पहिला व्याटिङमा उत्रिएको कोलकताले हैदरावादसामु २०१ रनको चुनौति दियो । हैदरावादले १६.४ ओभरमा सबै विकेट गुमाएर १२० रनमा समेटियो ।
जितसँगै कोलकताले चार खेलमा चार अंक बटुलेको छ भने अंक तालिकाको ५ औं स्थानमा उक्लिएको छ । हैदरावाद भने समान खेलबाट जम्मा २ अंकमा छ भने अंक तालिकाको पुच्छारमा छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend