logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • ठमेल बजारमा लिएर आए चर्चित गायक अशोक मुकारुङ

    ठमेल बजारमा लिएर आए चर्चित गायक अशोक मुकारुङ

    5.5K
    Shares

    काठमाडौँ । चर्चित गायक अशोक मुकारुङको ठमेल बजारमा गीत भर्खरै मात्र सेवा इन्टरटेन्ट्मेन्ट युटुब च्यानल मार्फत  सार्वजनिक भएको छ ।इलामे शहर च्याबारी राम्रो,झुल्केको घाम,पिखुवा खोला ,झम्के फुली ,चैते दशै जस्ता चर्चित गीत लगायत अरु सयौं  गीतहरुमा आफ्नो मिठो साङ्गीतिक कोसेली पस्किसकेका गायक अशोक मुकारुङ भुतपुर्व सिङगापुर गोर्खा अफिसर साथै एक सफल ब्यबसायी पनि हुन्।

     यस ठमेल बजार गीतमा शब्द करबीर तामाङ , सङ्गीत सम्योजन पदम रजान मगर र स्वर अशोक मुकारुङ र सुनिता थेगीमको रहेको छ भने उक्त गीतमा चलचित्र निर्माता एवं  नायक रमेशचन्द्र  राई र सीता राइले  अभिनय गरेका छन् ।यो गीतको भिडियो कन्सेप्ट चर्चित कोरियोग्राफर गोबिन्द राईको रहेको छ।सन्दीप भुजेलको निर्देशन र कोरियोग्राफी रहेको यो गीतमा सन्जीत घिसिङले छायांकन र सम्पादन गरेका छन् । 

    यो गीत निकै मिहिनेतको साथ बनाइएको सम्वन्धित स्रोतले बताएको छ । यस गीतलाई नयाँ पुस्ताहरुले निकै रुचाउने खालको मिठो बनेको  र यो गीतले राम्रै चर्चा बटुल्ने ठुलो विस्वास र आशा रहेको गायक बताउँछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend