सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रुपमा ‘कर्पोरेट बिजनेश अवार्ड २०२५’ बाट सम्मानित

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रुपमा ‘कर्पोरेट बिजनेश अवार्ड २०२५’ बाट सम्मानित

काठमाडौं । एनसेल निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘कर्पोरेट बिजनेश अवार्ड २०२५’ बाट सम्मानित भएको छ । कम्पनीले बिहीबार यो सम्मान बहुराष्ट्रिय कम्पनीको विधामा ‘मल्टिनेशनल कम्पनी अफ द इयर’का रुपमा पाएको हो ।

रक्षामन्त्री मानवीर राई, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, उद्योग वाणिज्य महासंघकी भुतपुर्व अध्यक्ष भवानी राणा, कर्पोरेट मिडिया ग्रुपकी उपाध्यक्ष सुष्मा महराले संयुक्तरुपमा यो अवार्ड एनसेललाई प्रदान गरेका थिए । एनसेलका तर्फबाट कम्पनीकी मार्केटिङ, कम्युनिकेशन एन्ड सेस्टेनिविलिटी डाईरेक्टर पुनम सिंहले अवार्ड ग्रहण गरेकी थिईन् ।

एनसेल देशमा सञ्चार तथा सूचना प्रविधिको विकासमा ठूलो भूमिका खेल्दै विगत दुई दशकदेखि अत्यावश्यक दूरसञ्चार सेवा प्रदान गर्दै आएको कम्पनी हो । त्यस्तै, यो सबैभन्दा धेरै कर तिर्ने ठूलाकरदाता मध्ये पनि एक हो । स्थापना कालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीले कर र शुल्कबापत तीन सय २० अर्बभन्दा बढी योगदान गरिसकेको छ ।

त्यसैगरी कम्पनीले शिक्षा, वातावरण र स्वास्थ्यजस्ता प्राथमिक क्षेत्रहरूमा केन्द्रित रही आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत दुई अर्बभन्दा बढीको योगदान गरिसकेको छ, जसले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग पुर्याएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend