२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एनपिएलमा अनियमितताबारे छानबिन गर्न समिति गठन

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले नेपाल प्रिमियर लिगमा भएको अनियमितताबारे छानबिन गर्न समिति गठन गरेको छ ।

एनपिएलमा अवैध रूपमा विदेशी कम्पनीलाई नेपाल ल्याउनेदेखि अपारदर्शी कारोबारसम्मको अध्ययनका लागि परिषद्ले परिषद सदस्य अञ्जन धमलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा सारङ्गी निरौला र कमल दाहाल सदस्य रहेका छन् ।

समितिलाई छानबिनका लागि १५ दिनको समय दिएको छ । नेपालको कानुन विपरीत विदेशी कम्पनीलाई एनपिएलको व्यवस्थापनमा प्रयोग गरेको, एनपिएलको मैदानमा अनलाइन जुवा प्रवद्र्धनमा दुरुपयोग गर्दै सरोगेट ब्रान्डको प्रचार गराएको, नेपालको कानुन विपरीत प्रतियोगितामा अन्तर्राष्ट्रिय विज्ञापनहरू प्रसारण गरेकोमा एनपिएल आयोजक समिति विवादमा तानिएको थियो ।

समितिको प्रमुख सचिव पारस खड्का हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८१ मंसिर ८ मा एनपिएलको आयोजनाको क्रममा आयोजकले प्रचलित सार्वजनिक खरिद ऐन विपरीत हुने गरी भ्रामक सूचना जारी गर्दै नेपाली मिडिया तथा विज्ञापन उद्योगको श्रोत र क्षमताको अवमूल्यन गरेको, प्रचलित अन्य कानुनहरूको अलावा विज्ञापन नियमन गर्ने ऐन उलङ्घन गरेको थियो ।

अख्तियारले उजुरी सम्बन्धमा छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाएपछि मन्त्रालयले परिषद्मा पत्राचार गरेको थियो । सोही अनुसार छानबिनका लागि समिति गठन गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट