
काठमाडौं । आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी बैशाख दोस्रो साता हुने भएको छ । शेरबहादुर खड्का स्मृत प्रतिष्ठानको आयोजनामा बैशाख १० गतेदेखि १३ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतिष्ठानले २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतिष्ठानले खेल आयोजना गर्दै आएको जनाएको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ । जसमा साविक एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आमी क्लब, जावलाखेल भलिवल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लब रहने आयोजकले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काका अनुसार विगतमा चार टिम सहभागी भएकोमा यसपटक ६ टिम पुर्याइएको हो । बाहिरबाट आउने टिमलाई खान बस्न सुविधा दिने खड्का बताए । ले बताए ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ । प्रतियोगिताका विजेता टोलीले नगद चार लाख ९९ हजार रुपैयां पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई दुई लाख ५० हजार र तेस्रो हुने टोलीलाई एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिवेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
यसैगरी आठौं संस्करण प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना उत्कृष्ट राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिने आयोजकले जनाएको छ ।
पतियोगितालाई बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजन गरेको छ । प्रतियोगितालाई विगतमा जस्तै यस पटक पनि राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश, विभिन्न नगरपालिका र कर्परिट हाउसहरुको सहयोग रहने आयोजकले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend