सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

टी-२०आई प्रतियोगिता : नेपालले कतारलाई ८ विकेटले हरायो

टी-२०आई प्रतियोगिता : नेपालले कतारलाई ८ विकेटले हरायो

काठमाडौं । हङकङमा आजदेखि सुरु भएको टी-२०आई प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको छ ।

कतारले नेपालालाई १५२ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

खेलामा ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । कप्तान रोहित पौडेलले ३७ रन जोडे ।

आसिफ शेखले ३३ रन, बसिर अहमद ३० रनमा बनाए । कतारका मुजीब उर रेहमानले २ विकेट लिए ।

बतारले खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाउन सफल भयो ।

यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । नेपालले दोस्रो खेलमा बिहीबार कुवेतसँग खेल्ने छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend