logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • ३०० रुपैँयाले घट्यो सुनको मूल्य

    ३०० रुपैँयाले घट्यो सुनको मूल्य

    4.9K
    Shares

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो । 

    यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा रु ८९ हजार ६५० मा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा रु १५ ले घटेको छ ।रु एक हजार ३६० मा मङ्गलबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्य निर्धारण भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend