सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

टी-२० सिरिज : कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य

टी-२० सिरिज : कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य

काठमाडौं । कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको छ।

हङकङमा जारी चारदेशीय टी २० आई सिरिज अन्तर्गत बिहीबार बिहान जारी खेलमा नेपालविरुद्ध सुरुमा ब्याटिङ गरेको कुवेतले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १८५ रन बनायो ।

कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउँदा मिट भासरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६ रन जोडे।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई विकेट हात पारे। ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend