मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

पानीजहाज विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल

पानीजहाज विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको पानीजहाज विधेयकमा बिहीवार समेत दफावार छलफल भएको छ ।

राष्ट्रिय सभाबाट आएको विधेयकमाथि समितिले दफावार छलफल गरिरहेको छ । बिहीवारको बैठकमा सांसदहरुले पानी जहाज सञ्चालन गर्नुअघि पानीजहाजको सर्वे गर्नुपर्ने, आधिकारिक संस्थाले सर्भे गर्नुपर्ने लगायतका संशोधन राखेका छन् । विधेयकको परिच्छेद ५ सम्म छलफल भई पारित भइसकेको छ भने पानीजहाज सञ्चालन सम्बन्धि व्यवस्था, पानीजहाज निर्माणसम्बन्धी व्यवस्था,जलमार्गको रुट निर्धारण र प्रयोग सम्बन्धि व्यवस्था र पानीजहाजको स्वामित्वका सम्बन्धमा सांसदहरूबीच सहमति जुटिसकेको समिति सभापति तुलसाकुमारी दाहालले बताईन ।

उनले कुनैपनि मुलुकबाट समून्द्रसम्म यात्रु ओसारपोसार गर्ने, ढुवानी गर्ने, समुन्द्रमा माछा मार्ने वा समुन्द्रमा पारवहन वा आर्थिक उपार्जनको लागि क्रियाकलाप गर्ने विषय विधेयकको परिभाषाभित्र अटाइएको बताईन ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend