२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

चारदेशीय टी–२० आई सिरिज : आज नेपाल र हङकङ भिड्दै

शनिवार , चैत्र २९, २०८१

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपाल आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ । जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यो खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो । यता, हङकङ भने आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो भने दोस्रो खेलमा हङकङले कतारलाई ६८ रनले हराएको थियो ।

दुवै खेलमा दुवै खेल जितेको नेपाल ४ अंकसहित तालिकाको शीर्षस्थानमा छ । दुई खेलमा एक खेलमा पराजित र एक खेलमा विजयी हासिल गरेको हङकङ दुई अंकसहित दोस्रो र कुवेत दुई अंकसहित तेस्रो स्थानमा छ । दुवै खेलमा हार बेहोरेको कतार शून्य अंकसहित तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट