२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै

मंगलवार , बैशाख २, २०८२

सप्तरी । मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणको तयारी पूरा भएको छ । आजदेखि सुरू हुने प्रतियोगिताको अन्तिम तयारी सम्पन्न भएको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगिताको मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज बिहान ११ बजे राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गर्नेछन् । उद्घाटन खेलमा छिन्नमस्ता रुपनी मधेस राइडर्स र कोसी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कूल छ वटा समूहले प्रतिस्पर्धा गर्ने आयोजक एमपिएलका अध्यक्ष इञ्जिनियर सञ्जीनारायण यादवले जानकारी दिए ।

उद्घाटनका दिन एउटा मात्र खेल हुने जनाउँदै उनले यशी वैशाख ८ गतेसम्म दैनिक दुई वटाका दरले खेल हुने एमपिएलका उपाध्यक्ष तीर्थ दासले बताए । वैशाख १० गते सेमिफाइनलका दुवै खेल र ११ गते फाइनल प्रतियोगिता हुने कार्यकारी निर्देशक पवन दासले जानकारी दिए । उनका अनुसार लिग चरणका १५, दुई वटा सेमिफाइनल र एउटा फाइनल गरी कूल १८ खेल हुनेछन् ।

प्रतियोगिताको उपाधि जित्ने टिमलाई नौ लाख एक हजार रुपैयाँ र उपविजेतालाई चार लाख रुपैयाँसहित शिल्ड प्रदान गरिने उनले बताए । प्रतियोगिताका सबै खेल पवि माविकै खेल मैदानमा हुनेछन् । प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमका खेलाडी दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आसिफ शेख, गुलसन झा, बसिर अहमद, नन्दन यादव, विवेक यादव, आरिफ शेख, ललित राजबन्सीसहितका खेलाडी विभिन्न टिममा आबद्ध रहने प्रतियोगिताका दासले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट