२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

फोहोर सफा गर्न आएका हौं, फोहोरी राजनीतिको अंग बन्न होइन : थापा

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फोहोरी राजनीतिको अंग बन्नका लागि आफूहरु अहिले क्रियाशिल नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु फोहोर सफा गर्नका लागि पोखरीमा पसेको महामन्त्री थापाको भनाइ छ । फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिए पनि आफूहरु फोहोरमा मिसिन नभइ सफा गर्नका लागि गएको बताए ।

अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार भएकाले सरकारको पर्फमेन्स बढाउन आफूले चाहेको जिकिर गरे । उनले गुड गभर्नेन्सको कुरामा सरकार नचुकोस् र सरकारप्रति खबरदारी गर्नेकुरामा पनि काँग्रेस सचेत रहेको बताए । नागरिकको अवस्था बदलिने कुराको अवरोध नेतृत्व भएको जिकिर गर्नुभयो । सम्झाएर र बुझाएर नेतृत्वको शैली बदल्न नसके नेता बदल्नुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाभित्र नागरिकको अहिलेको अवस्था बदल्न नेताको शैलीमा सुधार गर्नुपर्ने बताए । उनले नेतृत्वका कारण नागरिकको अवस्था नबदलिएको बताए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट