२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कफी कपिङ च्याम्पियनसिप सम्पन्न

आइतवार , आषाढ २१, २०८३

नेपाली कफीको उत्पादन, बजारीकरण र ब्रान्ड प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कफी कपिङ च्याम्पियनसिप सम्पन्न भएको छ।

नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा तथा पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवर्द्धनमा आयोजित कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन्।

कार्यक्रममा कफी उत्पादन क्षेत्रमा क्रियाशील उद्यमी, कृषक, कृषि सहकारीका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।

‘चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्द्धन गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा नेपाली कफीको गुणस्तर, स्वाद र बजार विस्तारका विषयमा छलफल तथा प्रदर्शनी गरिएको थियो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक चन्द्र पुरीले पोखरा नेपाली कफीको प्रमुख हबका रूपमा विकास हुँदै गएको बताए।

नेपाली कफीको विशिष्ट पहिचान, गुणस्तर र उत्कृष्ट स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट